Karnali Media
२०८३ असार १४ , आइतबार

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त



नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।


वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार