Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा होटल सञ्चालकसहित १० जना सार्वजनिक हितविरुद्ध गतिविधिमा पक्राउ



सुर्खेत । सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीतका उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेतमा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टबाट १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ मा संचालनमा रहेका भुमिका रेस्टुरेन्ट एण्ड लज, आँगन होटल र सुरेश होटल बाट होटल सञ्चालकसहित विभिन्न स्थानका १० जना पक्राउ परेका हुन्।


नियन्त्रणमा परेकामध्ये दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैशी (भुमिका रेस्टुरेन्ट एण्ड लज सञ्चालक), जाजरकोट जुनिचाँदे–९ की ३४ वर्षीया देविका शाही (सुरेश होटल सञ्चालक) लगायत अन्य आठ जना छन्। उनीहरू सबैलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि सार्वजनिक हित र स्वास्थ्य सुरक्षाविरुद्धका गतिविधिमा संलग्न रहेको प्रारम्भिक प्रमाण फेला परेकाले थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार