Karnali Media
२०८३ भदौ २९ , सोमबार

सुर्खेतको बबईबाट १६७ पिस मोबाइल डिस्प्ले सहित अवैध बिधुतिय सामान बरामद



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरीले करिब २ लाख ७१ हजार ७५० रुपैयाँ बराबरका भन्सार छली गरिएका बिधुतिय सामान बरामद गरेको छ।

आज दिउँसो करिब साढे ५ बजे प्र.स.नि. हर्क बहादुर तिरुवाको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट आउँदै गरेको क.प्र. ०२–००१ प. ८४१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सामान बरामद गरेको हो।


बरामद सामानमध्ये मोबाइल डिस्प्ले १६७ पिस, मोबाइल कभर ४० पिस, चार्जर, चिप्स, बटनलगायतका विभिन्न मोबाईल पार्टपुर्जाहरू रहेको प्रहरीले जनाएको छ। बरामद सामानलाई आवश्यक कारबाहीका लागि बबई प्रहरी पोष्टमा राखिएको छ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार