काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो ।
सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्चको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि तत्काल प्रभावबाट २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।







संवाददाता । बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित