दैलेख । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा कालभैरव युवा क्लब, दुल्लु–११, दैलेखले पुरुष तर्फ खुल्ला फुटसल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी असोज १२ गतेदेखि १४ गतेसम्म श्री भानु माध्यमिक विद्यालय दुल्लु–११ मा सञ्चालन हुनेछ। प्रतियोगितामा भाग लिन इच्छुक क्लब तथा टिमहरूले तोकिएको मितिसम्म सम्पर्क गरी सहभागिता जनाउन सक्ने आयोजक क्लबले जनाएको छ। यो प्रतियोगितामा दैलेख जिल्लाका टिमहरुले सहभागिता जनाउन पाउँनेछन्। टिम दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ (कप, मेडल, प्रमाणपत्रसहित) र द्वितीय हुने टिमलाई १५ हजार रुपैयाँ (कप, मेडल, प्रमाणपत्रसहित) प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कार दिइनेछ।
यससँगै सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले नाटक, नृत्य लगायतका विविध प्रस्तुति गर्नेछन्। सांस्कृतिक क्षेत्रमा रुचि भएका टिम र व्यक्तिहरूलाई समेत कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेको छ।
संवाददाता । बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित