सुनको मूल्य ओरालो लाग्ने क्रम जारी। साताको दोस्रो दिन सोमबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन आइतबार ११ हजार बढीले घटेको सुन आज २ हजार रुपैयाँले घटेर ओरालो यात्रालाई कायमै राखेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ९०० कायम भएको छ। अघिल्लो दिन ११ हजार ६०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ९०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। यसदिन प्रतितोला चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ तोकिएको छ। आइतबार एक तोला चाँदीको मूल्य मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन प्रतितोला चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।







संवाददाता । सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित