Karnali Media
२०८३ भदौ ३० , मंगलबार

वीरेन्द्रनगर जेसिजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित



सुर्खेत । वीरेन्द्रनगर जेसिजको ४७ औँ साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको छ।

अधिवेशनबाट जेसी आशिष थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रिता शाही र जेसी अलिना सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

यस्तै उपाध्यक्ष पदमा जेसी केशव ढकाल, जेसी नविन थापा, जेसी केशव न्यौपाने तथा जेसी तीर्थबहादुर बुढा निर्विरोध निर्वाचित भएका हुन।


निर्वाचन सम्बन्धी सम्पूर्ण परिणाम वीरेन्द्रनगर जेसिज वर्ष २०१७ का अध्यक्ष एवं निर्वाचन आयुक्त जेसी हरेन्द्र केसीले औपचारिक रूपमा घोषणा गरेका थिए।

कार्यक्रममा वीरेन्द्रनगर जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी दिलिप जंग शाहीले नव निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्षज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ४७ औँ साधारण सभाको समापन तथा धन्यवाद ज्ञापन गरेका थिए।

उक्त कार्यक्रम वीरेन्द्रनगर जेसिज वर्ष १९९८ का अध्यक्ष तथा नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार