नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ ९३० बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।






संवाददाता । बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित