सुर्खेत । रोयल इन्फिल्ड ले आफ्नो नयाँ अर्बन पर्फर्मेन्स रोडस्टर Guerrilla 450 नेपालमा सार्वजनिक गरेको छ। दैनिक शहरी यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकल तीन भेरियन्ट — APEX, Dash र Flash — तथा आठ विभिन्न कलर विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित न:भ इन्टरप्राइजेज मा समेत विशेष कार्यक्रमसहित Guerrilla 450 को भव्य लञ्च गरिएको छ। कार्यक्रममा बाइक पारखी, युवा राइडर तथा Royal Enfield प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाली बजारमा Guerrilla 450 सार्वजनिक हुनु विशेषगरी नेपाली सडक र युवा राइडरहरूको आवश्यकता अनुसार डिजाइन गरिएको हो।
नेपालभर Guerrilla 450 को बुकिङ खुला भइसकेको छ भने डेलिभरीसमेत सुरु गरिएको कम्पनीले जनाएको छ। साथै Borderless Warranty Program अन्तर्गत विश्वभर रहेका ३ हजारभन्दा बढी सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुने बताइएको छ।
भेरियन्ट अनुसार Guerrilla 450 को मूल्य ८ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।







संवाददाता । सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित