Karnali Media
२०८३ भदौ २५ , बिहीबार

कालिकोटमा “नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष” कार्यक्रम सुरु



कालिकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले “नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष” कार्यक्रम सुरु गरेको छ।

कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) हेमराज अधिकारीको नेतृत्वमा सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत सवारी चालक, सहचालक तथा यात्रुहरुलाई ट्राफिक नियमबारे सचेतना प्रदान गरिने जनाइएको छ।


कार्यक्रममार्फत सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सुरक्षित यात्राको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख अधिकारीले बताएका छन्।

ट्राफिक प्रहरीले विभिन्न स्थानमा सचेतनामूलक अभियान, सवारी चेकजाँच तथा नियम उल्लंघन गर्ने सवारीमाथि आवश्यक कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार