सुर्खेत। एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ।
विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै विद्यार्थी तथा शिक्षकहरूका लागि सहज, स्वास्थ्य अनुकूल र शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
हाल १६७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष दिनेश खत्री, एनआइसी एसिया बैंकका कर्णाली सर्कल हेड जिवन शाही, सुर्खेतका कार्यवहाक शाखा प्रमुख अनिल रोकाया, जुम्लारोड शाखा प्रमुख सन्तोष बोहोरा, सुर्खेत शाखा अपरेशन इन्चार्ज चक्रराज भण्डारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच थप प्रभावकारी बन्नुका साथै विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।
एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।






संवाददाता । शनिबार, जेठ १६, २०८३ मा प्रकाशित