Karnali Media
२०८३ असार २ , मंगलबार

कर्णाली रंगशालाको मन्त्री पोखरेलद्वारा स्थलगत निरीक्षण, राष्ट्रिय खेलकुद आयोजनामा जोड



सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन तथा सञ्चालनमा रहेको रंगशाला संरचनाको स्थलगत निरीक्षण गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा उनले रंगशालाको अवस्था र आवश्यक पूर्वाधारबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाइने बताए । प्रतियोगिताको मिति छिट्टै तय गर्ने प्रक्रियामा सरकार रहेको उनको भनाइ थियो ।


कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले निरीक्षणका क्रममा रंगशालाको भौतिक अवस्था, तयारीको प्रगति र आवश्यक पक्षबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

निरीक्षणपछि मन्त्री पोखरेलले कर्णाली क्षेत्रमा खेलकुद पूर्वाधारको आवश्यकता अझै रहेको उल्लेख गर्दै संरचना विस्तार र सुधारका विषयमा सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । उनले राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक सुविधा विकासमा सम्बन्धित निकायसँग समन्वय गरिने धारणा राखे ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार