काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ।
उनका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो।
बैठकमा प्रभावित क्षेत्रमा राज्यका निकायबाट भइरहेका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै थप प्रभावकारी बनाउनुपर्ने उपायबारे पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार









