सुर्खेत । रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ भेरियन्ट तथा नयाँ रंग नेपालभर सार्वजनिक गरिएको छ। देशभर एकैसाथ सार्वजनिक गरिएको नयाँ हन्टर ३५० सुर्खेतस्थित रोयल इन्फिल्डको अधिकृत डिलर नःभ इन्टरप्राइजेजमा पनि सार्वजनिक गरिएको हो।
नःभ इन्टरप्राइजेजका सञ्चालक उत्सव भण्डारीका अनुसार नयाँ भेरियन्टमा Tarmac Black रंग उपलब्ध छ भने टप भेरियन्टमा Mumbai Yellow र Moonshot White गरी दुई नयाँ रंग थपिएका छन्।
नयाँ हन्टर ३५० मा Alloy Wheels, Digi-analog Instrument Cluster, नयाँ Rider Interface, Single Channel ABS, Slip & Assist Clutch, Rotary Switchgear, Stitched Seat तथा स्पोर्टी Grab Rail लगायतका सुविधा समावेश छन्। कम्पनीका अनुसार Slip & Assist Clutch ले गियर परिवर्तनलाई सहज बनाउन सहयोग गर्छ।
हन्टर ३५० आफ्नो कम्प्याक्ट डिजाइन, Neo-retro लुक, सहज राइडिङ र चुस्त ह्यान्डलिङका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको कम्पनीले जनाएको छ। नयाँ भेरियन्टमा हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई निरन्तरता दिँदै दैनिक प्रयोगलाई सहज बनाउने सुविधामा जोड दिइएको छ।
नयाँ भेरियन्टको Tarmac Black को मूल्य ४ लाख ८७ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) तोकिएको छ। त्यस्तै, Mumbai Yellow र Moonshot White रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) रहेको छ।
नयाँ भेरियन्ट तथा नयाँ रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री सेप्टेम्बर १६, २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु भएको कम्पनीले जनाएको छ।







