सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरेन्द्रनगरको उपमेयरको उम्मेदवार अन्जु बस्याल लामो समय सुर्खेतमा समाजसेवामा लाग्नुभएको थियो । समाजसेवाको अनुभव र सिकाईका आधारमा समाजमा रहेका विभिन्न समस्या समाधान गर्ने उदेश्यले बस्यालले वीरेन्द्रनगरको उपप्रमुखमा आफ्नो उम्मेदवारी दिनुभएको हो । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि अहिले राप्रपाबाट अन्जु बस्याल चुनाबी मैदानमा हुनुहुन्छ ।
उपमेयरको उम्मेदवार अन्जु बस्यालको सामाजिक यात्रा
उहाँ महिला, बालबालिका, पिछडिएका समुदाय तथा विभिन्न समस्यामा परेका नागरिकको सारथि बन्दै विभिन्न बिकृती विरुद्ध बिरेन्द्रनगर सुर्खेतमा लामो समय काम गर्दै आईरहनुभएको छ । आफ्नै व्याक्तिगत खर्चबाट प्रत्येक बर्ष कुनै बिधालय तथा समुदायलाई निरन्तर सहयोग गर्ने । बिपन्न समुदायमा खानाको लागि खाद्यान्न, लत्ताकपडा र अन्य आधारभुत आवश्यकता तथा बिधालयमा बिधालय पोसाक नभएर बिधालय जान बन्चित बालबालिकाहरुलाई बिधालयमा गएर पोसाक बितरण, मठमन्दिरमा भोजनको व्यवस्थापन जस्ता थुप्रै समाजसेवाको काम गर्दै आउनुभएको उहाँ २०७२ सालमा हिन्दु जागरण नेपाल सङ्ग आबद्ध भएर जातिय भेदभाव मुक्त, धर्म परिवर्तन मुक्त समाज तथा गौहत्याको बिषयमा सडक तथा समुदायबाट आवाज र सचेतना फैलाउदै आउनुभएको छ । सुर्खेतमा बढिरहेको लागुपदार्थ जस्ता बिबिध समस्याको समाधानका लागि पनि काम गर्दै आउनुभएको छ ।
राजनीतिक यात्रा
समाजसेवाको लामो अनुभव रहेको उहाँको राजनीतिक यात्रा भने २०७४ सालबाट सुरु भयो । गौहत्या सम्बन्धि कार्यक्रम गर्दा सुर्खेतमा अन्य दलले चासो नदिएको अबस्थामा राप्रपाले गरेको सहयोग र एक्यवद्धताले उहाँलाई राप्रपाप्रती नजिक बनायो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा उहाँ तत्कालीन राप्रपा नेपालबाट महिला सदस्यको उम्मेदवार पनि हुनुहुन्थ्यो ।
त्यसपछि भने उहाँ पार्टी तथा समाजसेवामा निरन्तर सक्रिय हुनुहुन्छ । पार्टी तथा समाजको लागि काम गर्दै गर्दा यहाँका थुप्रै समस्याहरु देखे र अब नेतृत्वमा नै पुगेर यसको समाधान गर्नुपर्छ भनेर उपमेयरको उम्मेदवार बनेको उहाँ बताउनुहुन्छ ।
यस्ता छन योजना
– भ्रष्टाचार मुक्त नगरपालिका बनाउने ।
– वीरेन्द्रनगरलाई सुन्दर शान्त र हरियाली सहर बनाई पर्यटकको आकर्षकको केन्द्र बनाउने ।
– नगरपालिकाबाट प्रवाह हुने सेवा सुबिधा सहज बनाउने ।
– खानेपानीको समस्या समाधान गर्ने ।
– शिक्षामा लगानी बढाउने तथा गुणस्तरीय शिक्षाको बिकास गरि शिक्षाको पहुचबाट टाढा भएका बालाबालिकालाई शिक्षाको व्यवस्था गर्ने ।
– गुणस्तरीय स्वास्थ सेवा प्रबाहको लागि आबश्यक योजना बनाउने । महिला, जेष्ठ नागरिक, बालबालिका, अल्पसंख्यक, विभिन्न समुदाय (जस्तै : चौधरी समुदायलाई लाग्ने सिकलसेल एनिमिया) जस्ता स्वास्थ बिबिध समस्यालाई समाधान गरि नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ सेवा दिने ।
– नगरमा आवस्यक योजना बनाउन बिज्ञ तथा नागरिक सहितको समिती बनाउने विभिन्न पार्टिका सदस्य, नागरिक, विज्ञ, युवा, शिक्षक र विभिन्न समुदायका व्यक्तिहरु सम्मीलित एउटा समिती बनाउने र जनसाधारण समेतको सुझाबको आधारमा भावी कार्ययोजना बनाउने,
– रोजगारीको अभावमा विदेश जान बाध्य युवाहरुको लागि कृषि तथा अन्य रोजगारमुलक तालिम, सिपमुलक प्रशिक्षण दिने व्यवस्था गरि स्वरोजगार बनाउने,
– नागरिकलाई गुणस्तरीय स्वास्थ सेवाको लागि चौबीसै घण्टा नगर एम्बुलेन्सको व्यबस्था गर्ने ।
– लागुपदार्थमा लागेका युवाहरूको लागि विशेष कार्यक्रम ल्याउने ।
– अपाङ्गमैत्री भवनहरु बनाउनु पर्ने नियम बनाउने तथा सबै भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउने ।
संवाददाता । मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित