Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।

समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।

यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजसो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।
नलगाड–८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए । यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिँचाइको अभाव रहेको छ ।
वर्षा हुन नसकेको र सिँचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार