Karnali Media
२०८३ जेठ २६ , मंगलबार

उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु, हेलिकप्टरबाट शव दुनै ल्याउने तयारी



सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।


प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार