Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतको वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना सुरु हुने



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ  । गएराति राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलीय बैठक बस्न सकेन् । बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो  ।  वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।

मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ  । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्। नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा  शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन्।


 

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार