सुर्खेत । अहिले स्थानीय तहको निर्वाचन सकिएपछि मत गणना गर्ने काम भइरहेको छ । सुर्खेतका विभिन्न स्थानमा पनि मतगणना कार्य जारी छ । मतगणना स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसै क्रममा आज सुर्खेतका सुरक्षा निकायका प्रमुखहरुको टोलीले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा अनुगमन गरेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, सशस्त्र प्रहरी बल रक्तकालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी लगायत सुरक्षा निकायका प्रमुखहरुले मतगणना भैरहेको स्थानमा सुरक्षा व्यवस्थाको अनुगमन तथा निरीक्षण गरेको हो ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार












