Karnali Media
२०८३ असार २ , मंगलबार

शिक्षकको पोसाक परिवर्तन



सरकारले शिक्षकको पोसाक परिवर्तन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रभित्र कार्यान्वयन गर्ने गरी शिक्षकको पोसाक परिवतर्न गरेको हो ।

अब शिक्षकको ड्रेस सुट (कोट, पाइन्ट) गाढा खैरो, सर्ट (कमिज) हल्का निलो, ज्याकेट गाढा खैरो, स्वीटर कलेजी, जुत्ता कालो हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साडी, ब्लाउज, कुर्ता सुरुवालमा परिवर्तन गरिएको छैन ।


शिक्षक महासंघको आग्रहमा केन्द्रले शिक्षकको  पोसाक परिवर्तन गरेको हो ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार