Karnali Media
२०८३ असार २ , मंगलबार

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य लिटरमा १० रुपैयाँले बढ्यो

खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो


नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले मुल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।


 

प्रकाशित मिति : २०७९ जेठ ८ गते आइतबार