Karnali Media
२०८३ असार १४ , आइतबार

वीरेन्द्रनगरमा राप्रपाले पाएको मत एक रुपैयाँ खर्च नगरेर प्राप्त भएको हो : मुकुन्दश्याम गिरी



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टिले स्थानीय निर्वाचन समिक्षा बैठक गरेको छ । बैठकमा बोल्दै राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा गत बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदका उम्मेदवार मुकुन्दश्याम गिरीले राप्रपाले वीरेन्द्रनगरमा प्राप्त गरेको मत एक रुपैयाँ पनि खर्च नगरेर प्राप्त गरेको मत भएको बताउनुभएको छ । उहाँले स्थानीय निर्वाचनमा १० हजार ६ मत प्राप्त गर्नुभएको थियो ।

वीरेन्द्रनगर बासिहरु राप्रपालाई मत हाल्न तयार भैसकेको पनि उहाँले बताउनुभयो । निर्वाचनको नतिजालाई स्विकार गर्दै अब प्रदेश र संघको निर्वाचनको तयारी गर्न पनि सबैलाई आव्हान गर्नुभएको छ ।


समिक्षा कार्यक्रममा सुर्खेतका विभिन्न पालिकाका राप्रपाका प्रतिनिधिहरुको सहभागी थियो । सबैले स्थानीय निर्वाचन र अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार