Karnali Media
२०८३ असार २ , मंगलबार

दुल्लु नगरपालिकाका ५० जना युवाहरुलाई मोटर ड्राइभिंग तालिम



दैलेख । दैलेखको दुल्लु नगरपालिकाले नगरपालिका भित्रका ५० जना युवाहरुलाई मोटर ड्राइभिंग तालिमको सुरुवात गरेको छ । आज दुल्लु नगरपालिकाको सभाहलमा १ महिने मोटर ड्राइभिंग तालीमको औपचारिक सुरुवात भएको हो ।

नगरपालिका भित्रका बेरोजगार युवाहरूलाई छनोट गरेर स्वरोजगार बनाउने उद्देश्यले यो तालिमको सुरुवात गरिएको हो । दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको निर्वाचनका बेला युवाहरुलाई रोजगारी दिने प्रमुख एजेण्डा थियो । युवाहरूको सीप तथा क्षमताको बिकास गरि स्वोरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरत रिजालले कर्णाली मिडियालाई जानकारी दिनुभयो ।

नगरपालिकामा रहेका १३ वडाका युवाहरुबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र यसपछी पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको नगरप्रमुख रिजालको भनाई छ ।


एक महिनासम्म युवाहरुलाई मोटर ड्राइभिंग तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र पदान गरिनेछ । यस्तै यो तालिमका लागि प्रतिव्यक्ति मासिक १२ हजार ५ सय रकम छुट्याइएको छ ।

 

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार