Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु



दैलेख । कालिकोटबाट सुर्खेत आउदै गरेको बस दैलेखमा बुधबार राति दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्, । बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।


प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार