Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सरकारको नीति तथा कार्यक्रम ‘अर्थ न बर्थ गोविन्द गाई’ : केपी ओली



काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गर्नु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका अर्थ नै थाहै नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई जस्तै छ ।’


उहाँले सत्ता पक्षलाई षडयन्त्रको गठबन्धन समेत भन्दै कटाक्ष गर्नु भएको छ ।

प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार