सुर्खेत । सुर्खेतमा आज बलात्कारको विरुद्धमा प्रदर्शन गरिएको छ । वीरेन्द्रनगरको मुख्य चोक, वीरेन्द्रचोकमा वीरेन्द्रनगरमा रहेका विभिन्न बिधालयका बिद्यार्थी, युवा अभियान्ता, संघ संस्था लगायतका युवाहरुले बलात्कारको घटना दिनदिनै बढ्दै जादा पनि पीडितले न्याय नपाएको भन्दै यस्ता घटना रोक्न बलात्कारको मुद्दाका दोषीलाई कार्वाही गर्न ध्यानाकर्षण गराउने उदेश्यले यो प्रर्दर्शन गरिएको हो ।
‘कानुन माथी को छ बलात्कारी को छ’, ‘निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति किन ?’, ‘सरकार देखाउ इच्छा खै त महिला सुरक्षा ?’, ‘बलात्कारको मुद्दामा हद म्याद खारेज गर’ जस्ता प्लेकार्डहरु हातमा बोकेर युवाहरुले नारा लगाउदै गित गाउदै र सडक नाटक गर्दै ध्यानाकर्षण गराएका हुन ।
पछिल्लो समय वीरेन्द्रनगरमा यस्ता पर्दर्शनहरु हुँदै आएका छन् । केहि दिन पहिले ८ वर्षअघि आफुमाथी जबर्जस्ती करणीमा परेकी युवतीको न्यायको माग गर्दै । एक युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको सञ्चालकबाट बलात्कार भएको खुलासा गरेपछि वीरेन्द्रनगर सुर्खेतमा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग गर्दै प्रदर्शन हुन थालेका हुन ।
ती युवतीले भिडिओमार्फत आफू १६ वर्षको नाबालिग हुँदा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको सामाजिक संजालमा बताएकी थिइन् ।
सुर्खेतका युवाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दबाब मुलक कार्यक्रममा सयौं जना युवाहरु सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरुले अहिले हाम्रा छोरिबहिनीहरु आफ्नै समाजबाट असुरक्षित छन, कसैले आट गरेर बलात्कारको मुद्दालाई बाहिर ल्याउन खोजे पनि दबाउन प्रयास गर्ने उस्लाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । यस्ता बिचारलाई हटाउदै बलात्कारी जो कोहि भएपनी कार्वाही गर्न सडक प्रदर्शनबाट दबाब दिएको सहभागीहरु बताउछन । बलात्कार सम्बन्धी मुद्दामा कानुनमा भएको १ वर्ष हदम्याद समेत खारेज गर्नुपर्ने उनिहरुको माग छ । त्यस्तो हदम्यादका कारण बलात्कारीले सजिलै उन्मुक्ति पाउने उनिहरुले बताउछन् ।
नेपालको मुलुकी अपराध संहिता-२०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ । यौनजन्य हिंसा र दुर्व्यवहारको हकमा अपराध भएको मितिले एक वर्षपछि उजुरी नलाग्ने व्यवस्था छ ।
संवाददाता । शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित