सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतले स्थापना दिवस मनाएको छ । जिल्ला कार्य समितिको आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरेर पार्टीको ३३ औं स्थापना दिवस मनाइएको पार्टीका जिल्ला अध्यक्ष कविराम पुरीले जानकारी दिए ।पार्टीको झण्डोतोलन गर्दै शुभकामना आदान प्रदान गरिएको उक्त स्थापना दिवसको कार्यक्रममा पार्टीले पछिल्लो समयमा लिएको संगठन विस्तारको गतिलाई तिब्र बनाउनु पर्ने बताइएको छ । हिजोका दिनमा हामीलाई राप्रपा भएकै कारणले अनेक विभेद गर्नेहरु आज गणतन्त्रका नाममा भएका अनियमितता थेग्न नसक्ने अवस्थामा पुगेकाले जनताले तेस्रो शक्तिको रुपमा राप्रपालाई खोजिरहेका छन् अध्यक्ष पुरीले शुभकामना दिँदै भने । उनले थपे, अब मूलुक गणतन्त्रवादीबाट होइन राष्ट्रवादीबाट हाँकिन जरुरी भएको जनताले बुझिसकेका छन् । पश्चिमको धनगढीमा होस् कि पूर्वको धरानमा अथवा देशको राजधानी काठमाडौंमा होस् कि कर्णालीको जुम्ला र कालिकोटमा । जनताले स्वतन्त्र उम्मेदवारलाई विजय गराउनु भनेको ठूला दल हौं भनेर दम्भ देखाउनेहरुको असक्षमता हो ।
पार्टीको स्थापना दिवसको अवसरमा चियापान समेतको आयोजना गरिएको थियो भने शब्द स्वागत भरत ढकालले गरेका थिए ।
संवाददाता । आइतबार, जेठ १५, २०७९ मा प्रकाशित