असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९–०८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन् । यस्तै सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए । यसैगरी, बजेटमा नदी तटबन्धनका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ ।
संवाददाता । बुधबार, असार ०१, २०७९ मा प्रकाशित