Karnali Media
२०८३ जेठ २६ , मंगलबार

पत्रकार कटुवालले गरिन जन्मदिनमा बादी समुदायका बालबालिकालाई सहयोग 



४ असार, सुर्खेत – पत्रकार ज्योति कटुवालले आफ्नो जन्मदिनको अवसरमा बादी समुदायका बालबालिकालाई सहयोग गरेकी छ्न् । उनले सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाल द्वारा संचालनमा रहेको आवाशगृहमा नगद तथा खाद्यान्न सहयोग गरेकी हुन् ।

उक्त आवाशगृहमा कर्णालीका साथै सुदुरपश्चिमका बादी समुदायका बालबालिकाहरुलाई अध्यन गर्ने गर्छन् । जहाँ उनिहरुलाई खान र बस्नको सुविधा पनि रहेको छ ।


बादी समुदायका बालबालिकाको निम्ती केही सहज होस भनी आवश्यक सहयोग गरेेको पत्रकार कटुवालको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार