५ असार सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेत र नेपाल आयल निगमले वीरेन्द्रनगर स्थित पेट्रोल पम्पहरूको अनुगमन गरेका छन् । पेट्रोलमा मिसावट भएको र मेसिन बिग्रीएको भन्ने जनगुनासो आएको तथा अत्याआवश्यक परेको बेला आवश्यक पर्ने इन्धनको भण्डारण (मौज्दात) मापन गर्ने उद्देश्यले प्रशासनले अनुगमन गरेको जनाएको छ ।अनुगमका क्रममा वुलवुले आयल स्टोरमा मौज्दात ठिक मात्रामा रहेको र मेसिन बिग्रिएकोले निर्माणका लागि पठाईएको यस्तै शंखर आयल स्टोरमा अहिले पर्याप्त मात्रामा तेल रहेको र वितरण भैरहेको छ । बोत्तल र जरकिनमा तेल नदिने नियम धेरैले पालना गरेको र सुर्खेत आयल स्टोरमा पेट्रोलको मौज्दात नराखेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत सुर्य बहादुर थापाले बताए ।उनका अनुसार पेट्रोलमा पानी मिसाएको भन्ने गुनासोका आधारमा पेट्रोल पम्पमा अनुगमन गर्दा मिसावट नभएको पाईएको जानकारी दिए । सार्वजनिक बिदा तथा शनिवारको दिन तेल नआउने, भन्सारमा पनि नयाँ नियम लागु भएको र पेट्रोल पम्पहरुमा पनि धेरै ईन्धन भण्डारण क्षमता नभएकोले केहि दिनदेखि सुर्खेतमा पेट्रोल आपुर्तिमा असहज देखिएको छ। अब आइतवार विदा दिने निर्णय खारेज भए सङ्गै आईतवार पनि ईन्धन आउने हुदा सहज हुदै जाने थापाको भनाई छ ।
नेपाल आयल निगम सुर्खेतका प्रवक्ता ज्ञानेन्द्र शाहीले अहिले शंखर, वुलवुले र दिपमाला पेट्रोल पम्पबाट पेट्रोल वितरण भैरहेको र आजै अरु पम्पमा पनि १ सय २० हजार लिटर डिजेल र ६० हजार लिटर पेट्रोल वितरण गर्ने कर्णली मिडियालाई जानकारी जानकारी दिए ।
अनुगमनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्न प्रशासन र आयल निगमले पेट्रोल पम्पहरुलाई मौखिम निर्देशन दिएको छ ।
संवाददाता । आइतबार, असार ०५, २०७९ मा प्रकाशित