Karnali Media
२०८३ जेठ २६ , मंगलबार

जन्मदिनको अवसरमा स्वास्थ्य स्वयमसेविकालाई छाता र टर्च वितरण



 

असार ९  । युवा नेता तथा समाजसेवी लोकेन्द्र रोकायले आफ्नो जन्मदिनको अवसरमा महिला स्वास्थ्य स्वयमसेविकालाई छाता र टर्च वितरण गरेका छन् । नेपाली कांग्रेस बराहताल गाउँपालिका–९ का सभापति समेत रहेका रोकायले दुई वडाका १८ जना स्वास्थ्य स्वयमसेविकालाई बुधबार छाता र टर्च वितरण गरेका हुन् ।


बराहतालको वडा नं. ९ र १० का स्वास्थ्य स्वयमसेविकालाई उनले उक्त सामग्री प्रदान गरेका हुन् । ‘स्वयमसेविमकालाई गाउँमा कसैलाई स्वास्थ्य समस्या पर्यो भने जतिबेला पनि हिँड्नुपर्ने अवस्था आउने गर्छ,’ उनले भने, ‘अब वर्षातको समय सुरु भएको बेला छाता अनिवार्य चाहिन्छ, रातीको बेला पनि हिँड्न सहज होस् भनेर मैले टर्च पनि वितरण गरेको हो ।’

आफूलाई अत्यावश्यक सामग्री वितरण गरेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य स्वयमसेविकाहरुले रोकायलाई धन्यवादसमेत दिए । युवा नेता रोकायले आगामी पाँच वर्षको अवधिसम्म वडाका स्वयमसेविकलाई हरेक वर्ष अत्यावश्यक सामग्री प्रदान गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार