असार १७, सुर्खेत – राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो मुलुकलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् ।
एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तको डढेलोले सिंगो मुलुकनै संकटनमा रहेको उनले बताए ।
पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका उनले शुक्रबार विहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने,‘ धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिुनुहँदैन् । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही बर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरु अल्पमतमा पर्न सक्ने खतरा छ ।’
अध्यक्ष थापाले किरात र बुदिष्टहरु खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकरात्मक खतरा भइरहेको बताए ।
‘म सरकारसँग माग गर्दछु, यसलाई रोकौं,’उनले भने,‘अहिलेसम्म लाखौंको दरले धर्म परिवर्तन हुँदा पनि सरकरले ध्यान दिएको छैन् । करोडौं लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म सस्कृतिको जगेर्ना गरेर, परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’
थापाले आफ्नो पार्टीले थालेको अभियान र समर्ग राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले भने,‘राप्रपा नेपाल कुनै पार्टीबाट फुटेर, विभाजन भएर जन्मिएके होइन्, वैकल्पिक मार्गचित्र अंगालेर स्थापना धएको हो । प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री हुनुपर्ने मान्यता राप्रपा नेपालले लिएको छ ।’
उनले तत्कालिन नेकपालाई जनताले दुई दुई तिहाई बहुमत दिएपनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नसकेको भन्दै अहिले परमादेशबाट सरकार चलेको भन्दै आपत्ति जनाए । जनतले सुविधा, राहत प्राप्त गर्न सकिरहेका छैनन्,’उनले भने,‘लोकतन्त्रको आवरणमा सर्वसत्तावादी हावी भइरहेको छ । भ्रष्ट्राचारलाई नियन्त्रण गर्ने निकायहरु पार्टीगत आधारमा भागबण्डा गरेर नियुक्त गर्ने प्रचलन दुर्भाग्य हो । जसले गर्दा भ्रष्ट्राचार गर्नेहरुले उन्मुत्ती पाइरहेका छन् । देशमा ब्रमलुट भइरहेको छ। ’
थापाले महाधिवेशनमा पराजित भएपछि कमल थापाले पार्टीविभाजन ग¥यो भन्ने कुरा यथार्थमा आधारित नभएको बताए । थापा भन्छन–‘राजनीतिक परिवर्तन आर्थिक परिवर्तनबिना अधुरो हुन्छ । राजनीतक परिवर्तनले जनताको अवस्थामा सुधार ल्याउन सक्दैन् । त्यसको कुनै औचित्य छैन् ।’
साथै अध्यक्ष थापाले वर्तमान अवस्थाको संघीयताको मोडल सहि नभएको तर्क गरे । उनले भने,‘संघीयताको वर्तमान स्वरुपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको संघीयता कायम राखिनुपर्छ ।’
थापाले राजसंस्था पुनःस्र्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिडेको बताए । असम्भव एजेण्डा बोकेर जनतालाई धोका दिने, कार्यकर्तालाई अन्धकारमा लिने र स्वंयम राजालाई पनि धोकामा राख्नुहुँदैन भन्ने सोचाईका साथ लोकतन्त्रको बाटोमा हिडेका हौं,’उनले भने,‘ अहिले हामीले राजसंस्थाको एजेण्डालाई कार्यनीति नबनाएको र हिन्दु राष्ट्रको पुनःस्र्थापना, सुशासन र समृद्धि हाम्रो मुख्य प्राथमिकता रहने छ ।’
संवाददाता । शुक्रबार, असार १७, २०७९ मा प्रकाशित