Karnali Media
२०८३ भदौ ९ , मंगलबार

दैलेखमा सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरमार्फत उद्धार



१७ असार, दैलेख – दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका–१ कि ३८ वर्षीया चौकला भण्डारीको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

स्थानीय स्वास्थ चौकीमा सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आज सुक्रवार बिहान ११ बजे उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी भण्डारीको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।


सुत्केरी व्यथा लागेकी भण्डारीको जुम्ल्याहा बच्चा भएकोले स्थानिय स्वास्थ चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको हो ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार