Karnali Media
२०८३ साउन ५ , मंगलबार

राष्ट्रिय सेवा दल तालिमको प्रथम प्रवचन सम्पन्न



२ साउन, सुर्खेत । सैनिक आवासीय महाविद्यालय सुर्खेतबाट राष्ट्रिय सेवा दल सि.सं. ४८ का लागि छनौट भएका १८ जना छात्र र १८ जना छात्राहरूका लागि प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित अभिभावकहरू समेतको उपस्थितिमा महाविद्यालयका अतिरिक्त शैक्षिक क्रियाकलाप बिभाग प्रमुख तथा समन्वय शिक्षक बेतेन्द्र कुमार दाहालले सञ्चालन गरेको कार्यक्रममा सम्पर्क अधिकृत सेनानी गणेश अधिकारीले प्रवचन मार्फत तालिममा सहभागी हुन लागेका कुल ३६ जना प्रशिक्षार्थीहरुलाई “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्यलाई आत्मसात्स” गर्न प्रेरित गर्दै सफलताको शुभकामना दिए । यस्तै उनले राष्ट्रको लागि योग्य नागरिक बन्न अभिप्रेरित गर्दै महाविद्यालयका प्रधानाध्यापक प्रेम बहादुर विश्वकर्माले बधाई तथा शुभकामना व्यक्त गर्दै थप सफलताको शुभकामना व्यक्त गरे ।


प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार