Karnali Media
२०८३ भदौ ६ , शनिबार

कुपिण्डे तालमा टिकटक बनाउने क्रममा बेपत्ता पुरुष मृत फेला



साउन ११, सुर्खेत । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

मंगलबार दिउँसो साथीहरुसँग कुपिण्डे तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेर वेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत आज बुधबार दिउँसो करिब १२ बजे मृत फेला परेका हुन् ।


बेपत्ता भएका बस्नेतलाई सुर्खेतबाट गएको गोताखोरको टोलीले आज बुधबार दिउँसो करिब १२ बजे फेला पारेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार बेपत्ता भएका बस्नेत साविकको कपुरकोट गाउँपालिकाको सिनवाङ घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्दै आएका थिए ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार