१२ साउन सुर्खेत । वीरेन्द्रनगरमा ५६ औं राष्ट्रिय रक्तसंचार दिवसका बिभिन्न कार्यक्रम गरि मनाईएको छ । राष्ट्रिय रक्तसंचार दिवसका अवसरमा आज भएको एक कार्यक्रममा रक्तदान गर्दै प्रेम सागर कर्माचार्यले नेपालमा सबभन्दा धेरै १७१ औं पटक रक्तदान गरेका हुन् ।
यस्तै उक्त कार्यक्रममा ७५ औं पटक रक्तदान गर्दै प्रवाश कुमार शाक्यले कर्णाली प्रदेशमा सबैभन्दा धेरै पटक रक्तदान गरेका छन् ।
उधोग बाणिज्य संघ सुर्खेतको आयोजनामा, नेपाल रेडक्रस सोसाईटी सुर्खेतको सहयोग र अन्य बिभिन्न बैंक तथा संघ संस्थाको सह–आयोजनामा गरिएको बृहद रक्तदान कार्यक्रममा एकै दिन ९१ पिन्ट रगत संकलन भएको छ ।
संवाददाता । बिहिबार, साउन १२, २०७९ मा प्रकाशित