१६ साउन, सुर्खेत । भोलि सुर्खेतको सिटी हलमा राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला हुँदै छ । उक्त भेलाको पार्टी सभापति रबि लामिछानेले सम्बोधन गर्नेछन् ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशको पहिलो भेला तथा प्रदेश संरचना विस्तारका लागि दिउँसो १२ बजे सिटी हल सुर्खेतमा कार्यक्रम गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ ।
मंगलबार हुने कार्यक्रमको सुर्खेतमा तयारी भैरहेको छ । यतिबेला सुर्खेतका विभिन्न चौकमा रबि लामिछानेको व्यानरहरु टाँसिएका छन्, भने राष्ट्रिय स्वतन्त्र पार्टीका केही व्यक्तिहरु सुर्खेत आईसकेका छन् ।
जगत सापकोटा । सोमबार, साउन १६, २०७९ मा प्रकाशित