Karnali Media
२०८३ असार २ , मंगलबार

काठमाडौं उडेको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण



१९ साउन, सुर्खेत । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको केही मिनेटमै आपकालीन अवतरण गरिएको छ । नेपालगन्ज विमानस्थलमै फर्काएर जहाज अवतरण गरिएकाे हाे ।

जहाजबाट धुँवा निस्किएपछि चालक दलले जहाज आकस्मिक अवतरण गराएर निरीक्षण गरिरहेको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए ।

उनका अनुसार जहाज बायाँ इन्जिनबाट धुँवा निस्किएको देखिएको थियो । उक्त जहाजमा देखिएको समस्या पहिल्याउने काम भइरहेको छ । जहाजमा सवार यात्रुलाई भने अर्को जहाज पठाएर ल्याउने तयारी भइरहेको पनि उनले बताए ।


श्रीको ९ एन–एएनएफ क्यू–४०० विमान जहाज जम्मा १० माइल दूरी मात्रै पार गर्दा इन्जिनमा समस्या देखिएको थियो ।

उडान नम्बर ४३२ भएको विमानमा चालक दलका सदस्यसहित ८४ जना सवार थिए । विमान नेपालगञ्जबाट बिहान ९ः४९ बजे उडान भरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार