Karnali Media
२०८३ भदौ १० , बुधबार

महाबु जाने सडक मर्मत गर्न २ पालिका बीच छलफल



१९ साउन, दैलेख । दैलेखको नारायण नगरपालिका प्रमुख लोमन शर्मा र कालिकोटको माहवै गाउँपालिका प्रमुख खेम बहादुर सिह बीच भेटवार्ता भएको छ। यहि साउन २६ गते महाबु लेकमा सिवजीको दर्शन गर्न जाने भक्तजनहरुको सहज यात्राका लागि सडक मर्मत गर्नेबारे छलफल गर्न आज भेटवार्ता भएको हो ।


नारायण नगरपालिका दैलेखमा भएको छलफलबाट दैलेख बजार देखि ओखडबास सम्म नारायण नगरपालिका दैलेखले सडक मर्मत गर्ने, यस्तै ओखडबास देखि महाबु लेकसम्म नौमुले र महाबु गाउँपालिका दैलेखले सडक मर्मत गर्ने र महाबु देखी सिम्खेत सम्म महाबै गाउँपालिका कालिकोटले मर्मत गर्ने निर्णय भएको छ ।साथै महाबुमा धर्मशाला मर्मत तथा शौचालय निर्माण पनि महाबै गाउँपालिका कालिकोटले गर्ने साथै सबैले आ–आफ्नो क्षेत्रमा पर्ने सडक खण्ड मर्मत गर्ने छ निर्णय भएको नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार