Karnali Media
२०८३ भदौ १३ , शनिबार

जन्मदिनमा बादी बालबालिकालाई खाद्यान्न सहयोग



१९ साउन, सुर्खेत । सुर्खेत महिला जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् लायन्स क्लव अफ गढीका सचिव सीता भण्डारीले आफ्नो जन्मदिन वादी समुदायका बालबालिकासँग मनाएकी छन्।


बादी सरोकार मञ्च नेपालको संरक्षणमा रहेका बालबालिकासँग भण्डारीले आफ्नो जन्मदिन मनाएकी हुन् । भण्डारीले मञ्चको संरक्षणमा रहेका बालबालिकाका लागि खाद्यान्न सहयोग गरेकी थिइन् ।‘जन्मदिनमा होटलमा फजुल खर्च गर्नुभन्दा बालबालिकालाई खाद्यान्न दिँदा सहयोग र सेवा हुने भएकाले वादी समुदायका बालबालिकाहरुसँग जन्मदिन मनाएकी हुँ,’ भण्डारीले भनिन्, ‘आफै सामाजिक क्षेत्रमा सक्रिय भएकाले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिन्छु ।’मञ्चका अध्यक्ष हिक्मत वादीले खाद्यान्न समस्या भोगिरहेका बेला जन्मदिनमा खाद्यान्न पाउँदा केही छाकका लागि राहत मिलेको बताए । ‘एक सय भन्दाबढी बालबालिकालाई विहान–बेलुकाको छाक खुवाउन पनि हामीलाई समस्या छ,’ उनले भने, ‘यस्तै मनकारी सहयोगीले केही सहज भएको छ ।’

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार