साउन २३, सुर्खेत। नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
अपमानजनक नामहरु भएका व्यक्तिको फोटो, समाचार संचार माध्यममा आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको र यस्तो निर्णय गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिएका हुन् ।
‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने’ विज्ञप्तिमा छ,’त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने भनी गृहमन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति
संवाददाता । सोमबार, साउन २३, २०७९ मा प्रकाशित