Karnali Media
२०८३ असार १ , सोमबार

हुम्लामा एक सैनिकको चिप्लिएर मृत्यु



२६ साउन, सुर्खेत । हुम्लामा चिप्लिएर एक सैनिकको मृत्यु भएको छ । कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको बिहीबार बिहान ६ बजेको समयमा मृत्यु भएको हो ।

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए ।


उनको मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी परियारले बताए । मेसिन जाँच गर्नका लागि उनिसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको भएको थियो । घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहीबार