२ भदौ, सुर्खेत। डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको कार्यालय भित्र एक जना पुरुषको मृत्यु भएको छ। सुर्खेतमा वन सम्बन्धि मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलिन बनेका छन्।
बिहिवार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय धनीराम लामिछानेको वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत पुर्याउने वित्तिकै मृत्यु भएको थियो । आफन्तहरुले उनको मृत्यु पक्राउ गर्ने क्रममा कुटपिटबाट आरोप लगाउदै घटनाको बारेमा सत्यतथ्य छानविन नभएसम्म शव नबुझ्ने बताएका छन्। आफन्तहरु अहिले कार्यालयमै पुगेर आन्दोलन गरिरहेका छन् ।
डिभिजन वन कार्यालयका अनुसार कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिएको छ । आफन्तले भने कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुण्ड्याएर राखेको आरोप लगाएका छन्।
मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा वीरेन्द्रनगर वन डिभिजन कार्यालयले उनलाई पक्राउ गरेको थियो।
संवाददाता । बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित