सुर्खेत, भदौ ४ । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलले सुर्खेत जिल्लाबाट गठबन्धन पत्तासाप हुने बताएका छन् ।
सुर्खेतको पन्चपुरी नगरपालिकामा नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले आगामी मसिंर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबमा सुर्खेतबाट गठबन्धन पत्तासाप हुने भन्दै एमालेका सम्पुर्ण नेता तथा कार्यकर्तालाई एकताबद्द र संगठित रूपमा परिचालन हुन निर्देशन समेत दिएका छन् ।
नेता कडेलले भने `आफ्नोे बिचार ,आदर्श र उद्देश्यबाट च्युत भयर काङ्ग्रेसको पुच्छर बन्ने हो भने अब माओवादी र समाजबादी कम्युनिस्ट रहने छैन, अबको कम्युनिस्ट केन्द्र एमाले मात्रै बन्ने छ ।´
यस्तै अहिले विभिन्न दलका सयौं नेता तथा कार्यकर्ताले एमाले प्रवेश गर्नेको लहर चलेको पनि कडेलको भनाई छ ।
संवाददाता । शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित