६ भदौ, सुर्खेत। देशका छुट्टाछुट्टै विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ, लेटाङ नगरपालिका-३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-३ स्कुलबारीबाट अवैध लागूऔषध करिब १ केजी गाँजा सहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलबाट अवैध लागूऔषध १ केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२२ बसबिट्टीबाट अवैध लागूऔषध गाँजा १ केजी ५ सय ग्राम र नगद ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
संवाददाता । सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित