Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली प्रदेशका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो



१० भदौ, सुर्खेत। कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले जानकारी दिएकी छन्।


प्रकाशित मिति : २०७९ भदौ १० गते शुक्रबार