Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेख कारागारको निरीक्षण तथा अनुगमन



१५ भदौ, दैलेख। दैलेख कारागार निरीक्षण तथा अनुगमन गरिएको छ । बुधबार बिभिन्न निकायको सयुक्त टोलीले कारागारको निरीक्षण तथा अनुगमन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्‍वर प्रसाद साह, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका प्रमुख दिल बहादुर चौधरी लगायतको सयुक्त अनुगमनको टोलीले जिल्ला कारागार दैलेखको कारागार पेरिमिटर सुरक्षा व्यवस्था,भित्री सुरक्षा व्यवस्था,कैदीहरुको अवस्था,खानपिन,सरसफाई लगायतको जानकारी लिएको थियो ।


यस्तै, कारागार सुरक्षामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सुरक्षा व्यवस्था कडाईका साथ गर्न र शिष्ट नम्र बोली व्यवहार गर्न तथा आवश्यक विभागीय निति निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार