Karnali Media
२०८३ भदौ ८ , सोमबार

दैलेख क्षेत्र–१ ‘ख’ प्रदेशसभाको लागि एमालेबाट आठ जनाको नाम सिफारिस



दैलेख । दैलेख क्षेत्र नम्बर १ प्रदेससभा ‘ख’ बाट मङ्सिर ४ मा हुने प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि नेकपा एमालेले आठ जनाको नाम सिफारिस गरेको छ।

आईतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले मिन बहादुर बुढा, तेज बहादुर चन्द, रत्न बहादुर खड्का, प्रेम थापा, गगन अधिकारी, सुशील शाही, पुर्ण बहादुर शाही र रिना पोखरेल नाम सिफारिस गरेको नेकपा एमाले दैलेखले कर्णाली मिडियालाई जानकारी दिएको छ ।


यस्तै दैलेख क्षेत्र–१ बाट प्रतिनिधिसभाको लागि शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले नेकपा एमाले केन्द्रिय सदस्य तथा केन्द्रिय कानुन बिभाग उपप्रमुख धर्मराज रेग्मी, दैलेख जिल्ला अध्यक्ष रबिन्द्र राज शर्मा र जिल्ला कमिटी सदस्य रेखा थापालाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार