दैलेख । दैलेख क्षेत्र नम्बर २ प्रदेससभा ‘क’ बाट मङ्सिर ४ मा हुने प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि नेकपा एमालेले दश जनाको नाम सिफारिस गरेको छ।
आईतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले कर्णाली प्रदेशसभा सदस्य सुशील थापा सहित तिलक प्रसाद रिजाल, गंगाराम दाहाल, नवीन कुमार योगी, हिक्मत बिक, नर बहादुर थापा, कर्ण बहादुर शाही, चन्द्र पोखरेल, रमेश आचार्य र सावित्रा खड्कालाई सिफारिस गरेको नेकपा एमाले दैलेखले कर्णाली मिडियालाई जानकारी दिएको छ ।
हाल कर्णाली प्रदेशसभा सदस्य रहेला सुशील कुमार थाप ०७४ सालको निर्वाचनमा विजयी भएका थिए । सिफारिस भएका १० जनामध्ये सुशील थापा र तिलक प्रसाद रिजाल प्रवल सम्भावना भएका उम्मेदवार हुन् ।
यस्तै दैलेख क्षेत्र–२ बाट प्रतिनिधिसभाको लागि शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले नेकपा एमाले प्रचार-प्रसार उपप्रमुख तथा युवा नेता बिष्णु रिजाल, प्रतिनिधिसभा सांसद राज बहादुर बुढा, कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिनोद शाह र जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलको नाम सिफारिस थियो ।
संवाददाता । आइतबार, भदौ १९, २०७९ मा प्रकाशित