Karnali Media
२०८३ असार २ , मंगलबार

रोटरी क्लव अफ सुर्खेतको पद हस्तान्तरण



सुर्खेत । रोटरी क्लव अफ सुर्खेतको पद हस्तान्तरणबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको पद हस्तान्तरण कार्यक्रमबाट हर्ष बिक्रम खड्का अध्यक्ष बनेका हुन् ।

निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खड्काले उनलाई पद हस्तान्तरण गरेका थिए । रोटरी क्लवले सामाजिक सेवा गर्ने तथा समाजमा रहेका बिभिन्न समस्या पहिचान गरि समाधान र सहयोग गर्ने काम गर्दछ ।


साथै हिजो वर्तमान अध्यक्षको अध्यक्षतामा प्रमुख अतिथि कर्णाली प्रदेश सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्री, विशिष्ट अतिथि रोटरी क्लव का जन्मदाता कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्य,क्लवका सल्लाहकार बसन्ती कुमारी सिंह शाही,विशिष्ट अतिथि विरेन्द्रनगर नगरपालिका का निवर्तमान मेयर देवकुमार सुवेदी र तुफान बाबू श्रेष्ठको सहभागीतामा पद हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार